दफा २१
वार्षिक प्रतिवेदन
: (१) कार्यकारी प्रमुखले बोर्डको काम कारवाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र समिति समक्ष प्रस्तुत गर्नु पर्नेछ र यस्तो प्रतिवेदनको एकप्रति नेपाल सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
(२) कार्यकारी प्रमुखले उपदफा (१) मा उल्लेख भए बमोजिमको बोर्डको वार्षिक प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।